Type Here to Get Search Results !

वीरगन्जमा मध्यरातमा गोली चल्यो, ‘मोस्ट वान्टेड’ बब्लु पक्राउ

 


वीरगन्जमा भारतीय फरार अभियुक्तलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट आइतबार राति ११ बजेतिर वीरगन्ज १६ भुटनदेवी मन्दिर क्षेत्रमा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा बब्लु पासवान भाग्न खोज्दा प्रहरीले दुई राउन्ड गोली चलाएको हो ।एक राउन्ड गोली पासवानको खुट्टामा लागेर घाइते भएर लडेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।                   उनी २०७९ असोज ३ गते काठमाडौँको गोठाटारमा भएको भारतीय नागरिक लाल महम्मदको हत्याकाण्डका मुख्य योजनाकार र सुटर रहेको प्रहरीले जनाएको छ।

उक्त हत्याकाण्डपछि फरार रहेका उनी प्रहरीको मोस्ट वान्टेडको सूचीमा थिए ।

पासवानको साथबाट एक थान पेस्तोल र केहि राउन्ड गोलीका साथै केहि परिमाणमा लागू औषधपनि बरामद भएको पर्सा प्रहरीले जनाएको छ । प्रहरीले उनीमाथि थप अनुसन्धान थालेको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today