Type Here to Get Search Results !

कर्मचारीहरुको ससुराली घर बन्दै सम्सी गाउँपालिका

 

महोत्तरीको सम्सी गाउँपालिका कर्मचारीहरुको ससुराली घर बन्दै गएको छ । जति खेर आए गए पनि कसैले केहि भन्ने वाला रहदैन् । कर्मचारी कार्यालय समयामा भेटिंदैनन् । बिहान १० बजेदेखि सांझ ५ बजे सम्म कार्यालय समयावधि भए पनि कर्मचारी प्राय अधिकांश समय बाहिर नै हुने गरेका छन् । सम्सी गाउँपालिका पहिलो तल्लामा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, लेखा र जिन्सी लगायत दर्ता चलानीको कार्यकक्षमा ताल्चा लागेको छ । कार्यालयको पहिलो तल्लामा सहयोगी बाहेक सबै अनुपस्थित रहेको र कार्यालय सहयोगीको भनाई अनुसार जसपाको महाअधिवेशनको कारण कोहि पनि नरहेको बताए ।

प्रमुख प्रशासकिय अधिकृत नै अनुपस्थित हुँदा कर्मचारीहरु कार्यालयमा नबस्ने गरेको बताइएको छ । अहिले अषाढ मसान्तको समयमा लेखा तथा प्रशासन फांटका कर्मचारी समेत कार्यालयमा नहुंदा कामकाज प्रभावित बनेको छ । कर्मचारी परिचालन, व्यवस्थापन र सेवा प्रवाहको अवस्था अस्तव्यस्त हुँदा सेवाग्राही मर्कामा परे पनि सरोकारवाला निकायले ध्यान दिएको देखिएको छैन ।

मंगलबार करिब १ः३० बजे रेडियो रुपान्तरणका टिम सम्सी गाउँपालिका जादाँ लगभग आधा भन्दा बढी कर्मचारी अनुपस्थित रहेको पाईएको छ । पालिका प्रमुख प्रशासकिय अधिकृत अनुपस्थित हुँदा कर्मचारीहरुको रजाई हुने गरेको स्थानीय अब्दुल नदाफले जानकारी दिएको छ । नदाफका अनुसार कर्मचारी अनुपस्थित भए पनि नेमप्लेटमा भित्र रहेको तर कार्यकक्षमा ताल्चा लागिरहेको भेटियो । कुनै कर्मचारी अफिसमा उपस्थित भए पनि आफ्नो कार्यकक्षमा नभई कार्यकक्षको पंखा चलिरहेको र वत्ति बलिरहेको छोडी गफसफमा व्यस्त हुने गरेको बताए ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today