Type Here to Get Search Results !

औरहीमा मोटरसाईकलको ठक्करबाट एक साईकल यात्रीको मृत्यु

 

महोत्तरी - महोत्तरीमा मोटरसाईकलको ठक्करबाट एक साईकल यात्रीको मृत्यु भएको छ ।
बर्दिवास-जलेश्वर सडक खण्डको औरही नगरपालिका १ औरही बजार चौक भन्दा करिब १५० मिटर उत्तरमा ज १२ प ८८३५ नम्बरको मोटरसाईकलले ठक्कर दिदा साईकल यात्री बर्दिवास नगरपालिका १२ बिजलपुरा चल्की टोल निवासी ७० वर्षीय इस्लाम अन्सारीको मृत्युभएको हो।

औरही बजार तर्फ आउदै गरेका अन्सारीलाई तिब्र गतिमा रहेको मोटरसाईकलले ठक्कर दिएको थियो । घाइते अन्सारीको औरही नगरपालिका १ औरही बजारमा रहेको राधाकृष्ण हस्पिटलमा प्रारम्भीक उपचार गरी बर्दिवास अस्पताल लैजाने क्रममा बाटो मै मृत्युभएको ईलाका प्रहरी कार्यालय गाैशालाका प्रहरी निरीक्षक सुर्य वहादुर राणा मगरले जानकारी दिएको छ ।

ठक्कर दिने मोटरसाईकल चालक गौशाला नगरपालिका ६ फुलकहा निबासी अन्केश यादव र मोटरसाईकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।ठक्कर दिने मोटरसाईकल चालक समेत घाइते रहेको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today