रौतहट जिल्लाको गरुडा नगरपालिकाले एघारौ नगरसभा तथा आठौं बजेट अधिवेशन बाट आर्थिक वर्ष २०८१÷०८२ मा नगरको समग्र विकासका लागि ७० करोड २० लाख ५९ हजार रुपैयाँ आयव्यय सहितको बजेट बिनियोजन गरेको छ ।
जिल्लामा दोश्रो पालिकाको रुपमा गरुडा नगरपालिकाले गरुडा स्थित रहेको कल्वार धर्मशालामा बिहीबार मधेस प्रदेशका युवा तथा खेलकुद मन्त्री प्रमोद जयसवालको प्रमुख आतिथ्य तथा गरुडा नगरपालिकाका मेयर कन्थमनी प्रसाद जयसवालको अध्यक्षतामा एघारौ नगरसभा तथा आठौं बजेट अधिवेशन कार्यक्रम सम्पन्न भएको थियो।
एघारौ नगरसभा बाट गरुडा नगरपालिकाले संघीय र प्रदेश सरकारको वित्तीय समानीकरण, विशेष अनुदान, शशर्त अनुदान, राजस्व बाँडफाँड, समपुरक अनुदान, आन्तरिक आय लगाएतको गरी सो बजेट को रकम प्रस्तुत गरिएको हो ।
कार्यक्रममा नगर उपप्रमुख पुनम देवि चौधरीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेट प्रस्तुत गरेकी थिइन । आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सो बजेट प्रस्तुत गरिएको नगर उपप्रमुख चौधरीले बताइन ।
शिक्षा, स्वास्थ्य, कृषि, यातायात, खानेपानी, विधुत, भौतिक पुर्वाधार निर्माण कार्य लगाएतलाई विशेष प्राथमिकतामा राखेर सो बजेट प्रस्तुत गरिएको उनले बताइन्।
कार्यक्रममा नगर उपप्रमुख पुनम देवी चौधरी, वडा नम्बर १ का वडा अध्यक्ष शेख वहाब, वडा नं.२ का अध्यक्ष कृष्णनन्दन सहनी, वडा नं. ३ का अध्यक्ष अम्बिका सहनी, वडा नं. ४ का अध्यक्ष सुनिल कुमार जयसवाल, वडा नं. ५ का अध्यक्ष रामबाबु चौधरी लगाएतका सम्पुर्ण कार्यपालिका सदस्य, अन्य जनप्रतिनिधि, इलाका प्रहरी कार्यालय गरुडाका डिएसपि रामेश्वर त्वाती, जसपा नेपालका यूवा नेता एवं दलित विकास समिति मधेश प्रदेशका सदस्य राजकुमार दास , पूर्व मेयर सहित विभिन्न पार्टीका नेता एवं पत्रकार सहितका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

