Type Here to Get Search Results !

रामगोपालपुर नगरपालिकाकाे ११ औं नगरसभा सम्पन्न,ल्यायो ४४ करोड भन्दा बढीको बजेट (पूर्णपाठ सहित)

 

महोत्तरी - रामगोपालपुर नगरपालिकाले ४४ करोड ८७ लाख भन्दा बढीको बजेट सार्वजनिक गरेको छ । शुक्रवार नगरपालिकाको ११ औँ नगरसभामा अगामी आर्थिक वर्ष २०८१/०८२ को लागि ४४ करोड ८७ लाख २४ हजारको बजेट नगरप्रमुख रामदुलार साहले प्रस्तुत गरेका छन् ।

नगरप्रमुख साहले संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त बजेट तथा आन्तरिक आम्दानी र दातृ निकाय एवं संघ संस्थाबाट उपलब्ध भएको श्रोत अनुमान विवरणका आधारमा सो रकमको बजेट प्रस्तुत गरेको जानकारी दिए । नगरप्रमुख साहले संघको वित्तीय समानीकरणतर्फ ९ करोड ९९ लाख,संघ सशर्त अनुदानतर्फ १६ करोड ७९ लाख ३५ हजार,संघ बिशेष अनुदान ३ करोड २५ लाख ,संघ समपुरक अनुदान १ करोड ४५ लाख,संघ राजश्व बाडफाड ९ करोड २४ लाख ,प्रदेश वित्तीय समानिकरण ६९ लाख ८९ हजार,प्रदेश बिशेष अनुदान ३० लाख,प्रदेश समपुरक अनुदान २० लाख,प्रदेश राजश्व बाडफाड ३० लाख,प्रदेश सशर्त अनुदान ९५ लाख ,आन्तरिक आम्दानी(मालपोत समेत) १ करोड ७० लाख गरी कूल ४४ करोड ८७ लाख २४ हजार ८ रुपैयाँको बजेट नगरसभामा पेश गरेको जानकारी दिए।

महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ को (क) बाट मधेस प्रदेश सांसद एबम भौतिक पूर्वधार मन्त्रि सरोज कुमार यादवको प्रमुख अथिति र महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ को (ख) बाट मधेस प्रदेश सांसद एबम पुर्व आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाको विशिष्ट आतिथ्यमा आयोजित रामगोपालपुर नगरपालिकाको ११ औँ नगरसभाको उद्घाटन समारोहमा जिल्ला समन्वय समिति महोत्तरीका उपप्रमुख नन्दु महरा,नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत अच्छेलाल दास,नगरपालिकाका सम्पुर्ण कर्मचारी, नगर उपप्रमुख रिना यादव, वडा अध्यक्षहरु ,नगरसभा सदस्यहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू लगायत स्थानीय नगरवासी, पत्रकार, बुद्धिजिवीहरुको उपस्थिति रहेको थियो ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today