Type Here to Get Search Results !

जलेश्वर नगरपालिका कसले हाँक्ने विषयको विवाद टुंगियो वडाअध्यक्ष रविन्द्र यादवले पाए जिम्मा

 


जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनार, उपप्रमुख रोशन खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, वडा नं. १ का वडाध्यक्ष अनिल झालगायत १२ जनामाथि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरी उनीहरू निलम्बनमा परेपछि उनीहरूको अनुपस्थितिमा नगरपालिका कसले हाँक्ने भन्ने लामो समयको विवादले अन्ततः निकास पाएको छ ।

स्थानीय तहहरूले नगर सभा गर्दै नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरिरहेको अवस्थामा पछिल्लो एक महिनाभन्दा बढी समयदेखि नेतृत्वविहीन भएर नगरपालिका अस्तव्यस्त भएकोमा नेतृत्वकर्ताको जिम्मेवारी टुंगिएपछि पुनः नगरपालिका आफ्नो लयमा फर्किने अपेक्षा गरिएको छ । 

१२ वडामध्येको ११ वडाध्यक्षले नगरप्रमुख र नगर उपप्रमुखको जिम्मेवारीमा को आउने विषयमा छलफल गरी निष्कर्षमा नपुगेपछि व्यापक जनदबाब र कार्यालयको विभिन्न फाँटमा तालाबन्दीसमेत गरिएपछि बुधबार बसेको विशेष बैठकले आन्तरिक मतदान गरी नेतृत्वकर्ताको चयन गरेको हो । 

नगरप्रमुखको जिम्मेवारीमा वडा नं. २ का वडाध्यक्ष वरुण दाहाल तथा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र यादवबिच प्रतिस्पर्धा भई मतदान भएकोमा वडाध्यक्ष दाहालको पक्षमा सात मत र वडाध्यक्ष यादवको पक्षमा १० मत परेपछि वडा नं. ९ का वडाध्यक्ष यादवले नगरप्रमुखको हैसियतमा जिम्मेवारी सम्हाल्ने निश्चित भएको छ ।

त्यस्तै वडा नं. ३ का वडाध्यक्ष रतन चौधरी तथा वडा नं. ८ का वडाध्यक्ष विजय सिंहबीच उपमेयरको जिम्मेवारीका लागि प्रतिस्पर्धा भएकोमा वडा नं. ३ का वडाध्यक्ष चौधरीले १० मत प्राप्त गरी जिम्मेवारी सुनिश्चित गरेका छन् । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today