Type Here to Get Search Results !

महोत्तरीमा कारमा गाँजा लुकाएर भाग्दै गरेका भारतीयलाई प्रहरीले लखेटेर समात्यो

 

महोत्तरी - प्रहरीले महोत्तरीबाट कारमा लुकाएर लैजाँदै गरेको ५० किलो गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कार चालक भारत बिहार जिल्ला सितामढी ग्राम पुनौरा टोल ३ बस्ने ४५ वर्षीय सैयद अंसारी छन् ।

उनलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय बर्दिवासबाट खटेको प्रहरी टोलिले पक्राउ गरेको हो ।
एम.एच. ४३ ए.बी. ५६६ भारतीय नम्बरप्लेटको कारलाई पुर्व-पश्चिम राजमार्गमा चेकजाँच गर्ने क्रममा जलेश्वर तर्फ भाग्न खोज्दा प्रहरीले पछ्याएको थियो ।

त्यसक्रममा महोत्तरीको औरही नगरपालिका ९ टिम्किया स्थित बर्दिवास-जलेश्वर सडक खण्डमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

कारबाटलुकाइ छिपाई राखेको ५० किलो लागुऔषध गाँजा बरामद गरेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले जानकारी दिए ।पक्राउ परेका अंसारीलाई लागूऔषध शिर्षकमा मुद्दा दर्ता गरी महोत्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today