Type Here to Get Search Results !

चितवन राष्ट्रिय निकुञ्जमा एकसिंगे गैँडा र पाटेबाघ मृत फेला


 नवलपुरको कावावोती– १५ मा रहेको गुन्द्रहीढकाहा मध्यवर्ती सामुदायिक वनमा एकसिंगे गैँडा मृत फेला परेको छ।

प्रारम्भिक अनुसन्धानमा प्राकृतिक कारणले मरेको देखिएको उक्त गैँडाको खाग र खुर सुरक्षित रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए।

गैँडा मृत फेला परेपछि निकुञ्जको चिकित्सकसहितको प्राविधिक टोली घटनास्थलतर्फ जाँदै गरेको तिवारीले बताए। चालू आर्थिक वर्षमा प्राकृतिक तथा चोरी सिकारीको कारणले २१ वटा गैँडा मरेका छन्।

यता, चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्रमा पाटेबाघ मृत फेला परेको छ। निकुञ्ज कार्यालय र नेपाली सेनाको नयाँ गोरख गणको संयुक्त गस्ती टोलीले मृत बाघ निकुञ्जको कोर क्षेत्र भीमपुरमा फेला पारेको निकुञ्जका सूचना अधिकारी तिवारीले जानकारी दिए।

मृत भेटिएका बाघ र गैँडाको पोस्टमार्टम हुन बाँकी छ।

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today