Type Here to Get Search Results !

महिला सहकारी संस्थालाई लैपटॉप सेट वितरण ।


 महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाले महिला सहकारी संस्थालाई लैपटॉप सेट,प्रिन्टर र कैरेट वितरण  गरिएको छ। 


सोमबार एक समारोह बीच मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडलले महिला सहकारी संस्थाका अध्यक्षहरुलाई  उक्त लैपटॉप सेट, प्रिन्टर र कैरेट हस्तान्तरण गर्नुभएको हो ।


मटिहानी नगरपालिका र हेफर प्रोजेक्ट नेपालको सहयोगमा सञ्चालित " कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास परियोजना " अन्तर्गत सोमबार उक्त परियोजनाले गठन गरेको विभिन्न महिला समूहका  तिन वटा महिला सहकारी  संस्था (साहसी महिला उद्द्यमी महिला सहकारी संस्था, सेवा महिला उद्द्यमी महिला सहकारी संस्था र मटिहानी सामाजिक साहसी महिला उद्द्यमी महिला सहकारी संस्था)लाई १ थान लैपटॉप र प्रिन्टर सेट र ४०/४० थान कृषि उत्पादन सामग्री राख्न कैरेट वितरण गरेको उक्त परियोजनाका परियोजना संयोजक महेश राय यादवले बताउनुभयो ।


उक्त कार्यक्रममा हेफर प्रोजेक्टका बरिष्ट कार्यक्रम अधिकृत मिथिलेश झा, पशु शाखाका शाखा प्रमुख  दिलीप यादव, हेफर प्रोजेक्टका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।



Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today