Type Here to Get Search Results !

आगो निभाउन सिम्रिक एयरका हेलिकप्टर तयार, स्थान र पानीको जानकारी दिन आग्रह


 क्षेत्रको हेलिकप्टर सेवा प्रदायक कम्पनी सिम्रिक एयरले यथेष्ट जानकारी आएको खण्डमा आगो निभाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । कम्पनीले सोमबार पत्रकार सम्मेलन गर्दै देशका विभिन्न भागका वन तथा वस्तीमा लागेको आगलागी नियन्त्रण गर्न यथेष्ट जानकारी र आवश्यक निर्देशन नआएका कारण समस्या सृजना भएको बताएको छ ।

आगलागी भएको स्थानको देशान्तरको मध्यान्तर कोअर्डिनेट हेलिकप्टर कम्पनीलाई पठाउन सकिने पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । आगलागी भएको स्थान, नजिकको पानीको स्रोतको विवरण बारे जानकारी भएमा आगो निभाउन सहज हुने कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीका अनुसार समयमै आगलागी भएको स्थान र त्यहाँको भौगोलिक अवस्था तथा पानीको स्रोतबारे जिल्ला विपत व्यवस्थापनको कार्यालय वा स्थानीय निकायले हेलिकप्टर कम्पनीलाई खबर गर्न सक्ने छन् । हेलिकप्टरमार्फत ‘बम्बी बकेट’ प्रणालीअनुसार जंगलमा लागेको आगो निभाउन सकिने कम्पनीले उल्लेख गरेको छ।

साथै कम्पनीले सोलुखुम्बु, लुक्ला, तनहुँ, काठमाडौंको शिवपुरी, बालाजु औद्योगिक क्षेत्रलगायतका स्थानमा आगलागी हुँदा सोही प्रणालीबाट आगो निभाइएको पनि बताएको छ । कम्पनीले यसअघ पनि आफ्नो सामाजिक  उत्तरदायित्व अन्तर्गत हेलिकप्टर प्रयोग गरी आगो निभाएको थियो  । 

कम्पनीले देशका सबै पालिकालाई पानीको स्रोत व्यवस्थापन गर्न पनि अनुरोध गरेको छ ।  कम्पनीले आगलागी तथा डढेलो नियन्त्रणका लागि हेलिकप्टर प्रयोग प्रभावकारी रहेको पनि बताएको छ । हाल मुलुकका ५२ वटा जिल्ला र ५०० भन्दा बढी स्थानहरुमा आगलागी भइरहेको छ । 

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today