महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाको वड़ा नं.८ का २ तल्ले वड़ा कार्यालय भवनको निर्माण कार्यको शिलान्यास भएको छ ।
बिहीबार एक समारोह बीच मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडल र जग्गा दाता एवं कार्यपालिका सदस्य अरुण नाहरले संयुक्त रुपमा सो वड़ा कार्यालय भवनको निर्माण कार्यको शिलान्यास गर्नु भएको हो ।
त्यसै क्रममा बोल्नुहुदै प्रमुख मंडलले यो वड़ा कार्यालयको भवन निर्माणले जनतालाई सेवा दिन सहज हुने विश्वास ब्यक्त गर्नुभयो ।
वड़ा कार्यालय भवन निर्माणका लागि कार्यपालिका सदस्य अरुण नाहरले करिब १२ धुर भन्दा बढ़ी जग्गा उपलब्ध गराउनु भएको छ ।
सो २ तल्ले वड़ा कार्यालय भवनको निर्माण नेपाल सरकारको सम्पूरक अनुदान अन्तर्गत रु. ९५,११,२२७ (मु.अ. कर समेत) को लागतमा निर्माण हुने छ। जसमा ४ वटा कोठा, एउटा सभा हल, टॉयलेट बाथरूम समेत रहने कुरा मटिहानी नगरपालिकाका इंजीनियर बिमलेश साहले बताउनुभयो ।
उक्त वड़ा कार्यालय भवन निर्माण कार्यको शिलान्यास कार्यक्रममा नगर उप-प्रमुख मंजु देवी साह, वड़ा नं.१,३,५,६,७ र ८ का वड़ा अध्यक्षहरु , वड़ा नं.८ का पूर्व वड़ा अध्यक्ष गणेश प्रसाद साह, लोसपाका केन्द्रिय सदस्य राम कुमार मंडल, नेपाल उद्योग महासंघका पूर्व केन्द्रिय सदस्य विजयकुमार साह,महोत्तरी उद्योग वाणिज्य संघका सदस्य राम कुमार साह,पूर्व उपाध्यक्ष नागेश्वर गुप्ता, बिभिन्न राजनीतिक पार्टीका प्रतिनिधि उपेन्द्र चौधरी, श्याम कुमार मंडल, उमाशंकर साह, जुगेश्वर खतवे, बिन्देश्वर नायक, लगायतका स्थानीयहरुको उपस्थिति रहेको थियो ।








