Type Here to Get Search Results !

मधेश सरकारको योजना खरिद बिक्रि भइरहेको भन्दै विरोध गर्ने जनमतको निर्णय

 

जनकपुरधाम । मधेश सरकारको योजनाहरु खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ ।



राष्ट्रीय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए ।


मधेश प्रदेशसभाको बैठक लामो समयदेखि अबरुद्ध छ । सो विषयमा पनि जनमतको संसदीय दलले छलफल गरेको छ । दलका नेता यादवले भने, 'लामो समयसम्म सदन अवरुद्ध राख्नु हुदैन् । सरकार गम्भीर हुनुपर्छ ‌। यस विषयमा पनि सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेका छौं ।'


उनले प्रदेशको विभिन्न स्थानमा लागेको आगलगी प्रभावितहरुको तथ्यांक संकलन गरी अभिलम्ब ठोस राहत ब्याकेज उपलब्ध गराउन र खानेपानीको समस्या समाधान गर्न सरकारसंग माग गर्ने निर्णय पनि भएको जानकारी दिए ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today