Type Here to Get Search Results !

गूठी संस्थानको तैनाथी जग्गामा घर बनाउन मिल्दैन : गुठी संस्थान

 


गत बुधबार मटिहानी नगरपालिका-६ स्थित गुठी संस्थानको तैनाथी जग्गा जरलहबा गाछी (बगैँचा) स्थित बस्तीमा भीषण आगलागी भयाे। आगलागीपश्चात १०३ परिवार घरबारविहीन भएका छन्।

तैनाथी जग्गामा बसेकाे बस्तीमा अब घर बनाउन नमिल्ने गूठी संस्थान महोत्तरी शाखाले बताएकाे छ। उक्त शाखाका कामु प्रमुख किशोरकुमार झाले सोही जग्गामा घर बनाउन नमिल्ने स्पष्ट पारेका हुन्। प्रमुख झाले उक्त जग्गा गूठीको तैनाथी जग्गा भएकोले त्यहाँ घर बनाउन नमिल्ने बताए। उनले सोही जग्गा पहिले पनि खाली गराएकाे स्मरण गराउँदै पछिल्लाे समय अवैध कब्जा गरी केही घर टहरा बनाइएको दाबी गरे। 

उनका अनुसार सोही स्थानमा जग्गा कब्जा गरी बसेका अधिकांश परिवारको गाउँमा पनि घर छ। पहिले परालको टाल (कुंयु) र भूसा राख्ने गरेकोका उनीहरूले पछि कब्जा नै गरेर घर बनाएकाे बताए। प्रमुख झाले गूठीको उक्त जग्गामा पुनः घर टहरा निर्माणको प्रयास भए अदालतसम्म जान बाध्य हुने चेतावनी दिए। 


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today