Type Here to Get Search Results !

थापाको ‘सन्त्रासका साठी दिन’ बजारमा

 आख्यान विधामा निरन्तर प्रयोगपरक शैलीमा लेखन गर्ने साहित्यकार रोशन थापा ‘नीरव’को नवीनतम औपन्यासिक कृति ‘सन्त्रासका साठी दिन’ शिखा बुक्स, काठमाडौंले प्रकाशनमा ल्याएको छ।

लेखकले यस कृतिमा देशमा भएका अधिकांश सहकारी संस्थाको अवस्था संकटग्रस्त भएको विषयलाई लिएर यसो हुनाको खास कारण के हो र यसबाट सामान्यभन्दा सामान्य नागरिकले कसरी कठिनाइ भोग्नुपरेको छ भन्ने कथावस्तुलाई विषय बनाएर लेखेका छन्।यस उपन्यासमा हाल नेपालमा भइरहेको सहकारी संकट, संकट आउनाको कारण आर्थिक अपचलन भएको अनि आर्थिक लोभ र लाभको सम्मिश्रणले निम्त्याएको जटिल समस्यालाई प्रतीकीकरण गर्दै त्यस्तो समस्याले गर्दा उत्पन्न जटिलताबाट सामान्य नागरिकको जीवनमाथि परेको त्रास एवम् कष्टकर अवस्थालाई प्रयोगपरक शैलीमा रोचक ढङ्गमा कथानक बनाई प्रस्तुत गरिएको छ।


Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today