Type Here to Get Search Results !

तीन वर्षिया छिमेकी बालिका हत्या अभियोग आमा छोरी पक्राउ, बुबा फरार

 


सिरहामा आफ्नै छिमेकीको ३ वर्षिया छोरी हत्या अभियोगमा आमा र छोरी पक्राउ परेकी छिन्। बुबा भने फरार रहेका छन्। सिरहा नगरपालिका १८ जरुवा लक्ष्मिनियाँ टोलका रमेश यादवकी ३ वर्षिया छोरी रिया कुमारीको हत्या अभियोगमा छिमेकी ७२ वर्षिय धनिकलाल यादवकी श्रीमती ४७ वर्षिया सोना देवी र छोरी पुजा कुमारी यादवलाई प्रहरीले पक्राउ गरेको हो। धनिकलाल भने फरार भएको छ।

बुधबार बिहान हराईरहेकी रियाको शव खोजतलासको दुईदिन पछि शुक्रवार राती ९ः२६ बजे छिमेकी धनिकलाल यादवको घरमा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी मुक्तिनाथ सापकोटाले जानकारी दिए। प्रहरीले खोजतालस गर्ने क्रममा धनीकलालको घरको भर्याङ्ग चौतरामा रहेको मुसुरीको झिङ्गटा भित्र सेतो–कालो रंगको प्लाष्टिकको बोरामा पोको पारी लुकाई राखेको अवस्थामा भेटीएको फेला परेको थियो।

व्यक्तिगत रिसिवीका कारण बालिकाको हत्या गरेको प्रहरीको भनाई छ। बुधबार विहान खेल्दै आँगनमा आएकी बालिकालाई ललाई फकाई घर भित्र लगि घाँटी थिची हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाई छ।

प्रहरीले घरबाटै धनिकलालकी श्रीमती ४७ वर्षिय सोनादेवी र छोरी पुजा कुमारीलाई तत्काल नियन्त्रणमा लिएको थियो। उनीहरुमाथि कर्तव्य ज्यान मुद्दामा सिरहा जिल्ला अदालतबाट ७ दिनको म्यादलिई थप अनुसन्धान गरिरेको प्रहरीले जनाएको छ। धनीकलालको भने खोजि भईरहेको प्रहरीले जनाएको छ।

    Post a Comment

    0 Comments
    * Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

    Top Post Ad

    Below Post Ad

    M today