Type Here to Get Search Results !

‘माइतीघर’ फिल्मका अभिनेता सीपी लोहनीको निधन

 


निजी क्षेत्रले निर्माण गरेको पहिलो फिल्म ‘माइतीघर’का अभिनेता सीपी लोहनी (चितम्बरमप्रसाद लोहनी)को ८६ वर्षको उमेरमा सोमबार निधन भएको छ । अल्जाइमर्स पीडित उनको सोमबार १ः३० बजे निधन भएको चलचित्र कलाकार संघले जनाएको छ ।

काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उनको निधन भएको हो । उनको पार्थिव शरिरलाई अपरान्ह पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । मुम्बईमा रहेकी एकमात्र छोरी काठमाडौं आइनसकेपछि पुरेतले दागबत्ती दिएका उनको भतिजा विकास लोहनीले जानकारी दिए ।

लोहनी गायक समेत थिए । रेडियो नेपालमा उनले केही गीत रेकर्ड गरेका छन् । उनी ‘माइतीघर’का गायक समेत थिए । पछिल्लो गीतको रुपमा उनले ‘पुनरागमन’ ल्याएका थिए । नेपालीसहित हिन्दी र बंगाली फिल्मकी चर्चित अभिनेत्री माला सिन्हाका उनी श्रीमान समेत हुन् । उनीहरुकी एक छोरी छिन् ।

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today