Type Here to Get Search Results !

घरमा आगलागी हुँदा चार वर्षीया बालिकाको मृत्यु

 


भुमिकास्थान नगरपालिका-५ असुरकाेटकाे कुडेपानी गाउँकाे घरमा आगलागी हुँदा घरभित्र रहेकी चार वर्षीया बालिका अप्सरा विककाे जलेर मृत्यु भएको छ। खिमबहादुर विककाे घरमा सोमबार दिउँसो आगलागी भएको हो । आगलागीमा परी उनकी नातिनी अप्सराकाे जलेर निधन भएको अर्घाखाँची प्रहरी प्रमुख प्रतीत सिंह राठाेरले बताए ।

अप्सरालाई खिमबहादुरले घरमा सुताएर काम गर्न बाहिर गएको बेला घरमा लागेको आगाे लाागेकाे थियोे । स्थानीयले घर जलेको देखपछि गाउँलेले निभाउन थालेका थिए । अप्सरालाई घरभित्र जलेर डढेकाे अवस्थामा मृत शरीर फेला पारेका थिए ।आगलागीमा खिमबहादुर र उनका छिमेकी बारबहादुर बिककाे पनि घरगाेठ जलेर नष्ट भएको राठाेरले बताए । दुई घर जल्दा घरमा रहेका अन्नपात, लत्ताकपडा सबै जलेर नष्ट भएका छन् ।

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today