Type Here to Get Search Results !

मटिहानीमा बिपद प्रतिकार्य अभ्यास सम्पन्न ।

 

महोत्तरी - महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वड़ा नं.- ७ मटिहानी स्थित लक्ष्मीसागर पोखरीमा आज जिल्ला बिपद ब्यबस्थापन समिति महोत्तरीले बिपद प्रतिकार्य अभ्यास गरेका छन । जिल्ला प्रशासन कार्यालय महोत्तरीको आयोजनामा भएको सो प्रतिकार्य अभ्यासमा नेपाली सेनाको रणभीम गण परिकौली,सशस्त्र प्रहरी बल ९ नं. गण हे.क्वा. जलसागर,नेपाल प्रहरी, रेडक्रस सोसाइटी महोत्तरी, राष्ट्रिय सेवा दल सहभागी रहेका थिए ।

प्रतिकार्य अभ्यासमा Improvised rescue को समानहरुको प्रदर्शनी र प्रयोग ,boat drill , river rescue, river cross प्रदर्शनी र खोज तथा उद्दार लगायतका अभ्यासहरुको प्रदर्शनी गरिएको थियो । महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख समुनलाल कर्णको प्रमुख आतिथ्यत्तामा सम्पन्न कार्यक्रममा

मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडल, एकडारा गाऊँपालिकाका अध्यक्ष दिपनारायण मंडल, रणभीम गण परिकौली ब्यारकका प्र.से. विशेष पौडेल, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्र.उ. नकुल पोखरेल, स.प्र.ब. नेपाल नं. ९ गण हे. क्वाटर महोत्तरीका स.प्र.उ. श्री विनोद केसी, अनुसन्धान अधिकृत सुकित चौधरी, राजनीतिक दल नेपाली कॉंग्रेसका प्रतिनिधि बजरंग नेपाली, ने.क.पा. एस. का प्रतिनिधि सुरेन्द्र लाल कर्ण, सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने वड़ा नं. ७ का वड़ा अध्यक्ष जितनारायन माझी लगायतका ब्यक्तित्वहरु उपस्थित रहेका थिए ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today