Type Here to Get Search Results !

अर्घाखाँचीको धारापानीमा लागेका भीषण आगलागी अझै नियन्त्रणमा आएन कम्तीमा २२ घरगोठ जलेर नष्ट


 अर्घाखाँचीको धारापानीमा लागेका भीषण आगलागी अझै नियन्त्रणमा आएकाे छैन । शनिबार दिउँसो १ बजेबाट डढेलाे सुरू भएकाे हाे । भूमिकास्थान नगरपालिकाकाे वडा नं ४ काे कल्लेरीमा अहिले पनि आगलागी भएकाे छ । वनमा लागेको आगो हावाहुरीका कारण शनिबार दिउँसो १ बजेतिर बस्तीमा सल्किएको थियो ।

धारापानीको रातामाटा, जाबुनडाँडा, बाजाखर्क, फलाम खिल्जीलगायतका गाउँमा लागेको भीषण आगलागीबाट कम्तीमा २२ घरगोठ जलेर नष्ट भएको भूमिकास्थान नगरपालिकाका मेयर झविलाल थापाले जानकारी दिए ।प्रहरी, दमकल, स्थानीयले रातभर आगो निभाउने प्रयास गरिरहे पनि डढेलो अझै पूर्ण रुपमा नियन्त्रणमा नआएको थापाले बताए ।  'आगलागीबाट मानवीय क्षति नभए पनि घर गोठ जलेका छन्,' मेयर थापाले भने, 'पशुचौपायाको ठूलो नोक्सान भएको छ यद्यपी क्षतिको पूर्णविवरण अझै आएको छैन ।'

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today