Type Here to Get Search Results !

मटिहानीमा आजदेखि प्रथम मेयर फुटबल प्रतियोगिता सुरु

     रागनी साह ,महोत्तरी, ३ बैशाख                                       




महोत्तरी जिल्लाको मटिहानी रंगशालामा आजदेखि प्रथम मेयर फुटबल प्रतियोगिता सुरु भएको हो। 

मटिहानी नगरपालिकाको आयोजना तथा जिल्ला फुटबल संघ महोत्तरीको समन्वयमा आयोजित प्रतियोगितामा महोत्तरी र धनुषाका जम्मा आठ वटा फुटबल टिमहरू सहभागी रहेका छन ।





यसै बीच सो मेयर कप फुटबल प्रतियोगिताको समुद्घाटन मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डल , महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल , शशस्त्र प्रहरी बल नेपाल मधेश प्रदेशका DIG दीपेन्द्र साह र  पत्रकार महासंघका महोत्तरी कार्यवाहक अध्यक्ष सुनीता बरालले संयुक्त रुपमा  गर्नुभएको हो ।



 कार्यक्रममा बोल्दै  प्रमुख मण्डलले खेलकुद हामी सबैको लागि अत्यावश्यक रहेको हुँदा खेलकुदको विकास गर्न आवश्यक रहेको बताउनु भयो ।


सथै प्रमुख जिल्ला अधिकारी गेलालले खेलकुदले राष्ट्रको विकासको सँगसँगै राष्ट्रलाई विश्व स्तरसम्म चिनाउन मद्दत गर्दछ थपे ।

त्यसै गरी DIG दीपेन्द्र साहले खेलकुदले युवाहरुमा सिर्जनात्मक अभ्यासको विकास गरी समाजमा बढिरहेको सामाजिक अपराध र लागु पदार्थ दुर्ब्यासान कम हुने बिस्वास ब्यक्त गर्नु भयो ।

उक्त  प्रतियोगिताको पहिलो खेल आज बैंगखाडी युवा क्लब र एपीएफ ९ नं. गण जलसागर को बीचमा भएका थिए ।



उक्त खेलमा मध्यान्तर पछि १ गोल हानेका APF को टीमले बैंगखाडी युवा क्लब १-० को अन्तरले पराजित गरेका छन । 

यस प्रतियोगिताको दोस्रो खेल भोली दिनको २ बजे देखि एभरेष्ट एफ.सी. सर्लाही VS महावीर स्पोर्टस क्लव खजुरी बिच हुने छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today