Type Here to Get Search Results !

शेयरबजार झण्डै १५ अङ्कले घटेर दुई हजार विन्दुबाट तल झर्यो

 unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – आज पनि शेयर बजार दोहोरो अङ्कले घटेको छ । पछिल्ला चार वटा कारोबार दिनदेखि घटिरहेको शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव  ८१ अङ्कले घटेर एक हजार नौ सय ९१ दशमलव ७१ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर ओरालो लागेको छ ।

सबैभन्दा धेरै रुरु जलविद्युत परियोजनाको शेयर १० प्रतिशतले ओरालो लागेको छ । समग्रमा बजार राताम्मे भएको दिन आज एसबीएल डिबेञ्चर २०८९ र गुर्खाज फाइनान्सको शेयर १० प्रतिशतले बढेको छ ।

आज ५४ लाख ७१ हजार कित्ता शेयर दुई अर्ब १० करोड ३० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै गुर्खाज फाइनान्सको १७ करोड ५९ लाख रुपैयाँको शेयर किनबेच भएको छ । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today