Type Here to Get Search Results !

डेंगी नामक लामखुट्टेको टोकाइबाट सुरक्षित रहन विज्ञहरुको सुझाव


 कोरोनाको नयाँ नयाँ भेरियन्ट अझै सम्म विश्व व्यापी रूपले फैलिरहेको अवस्थामा अर्काे खतरनाक र कोरोना भन्दा पनि शक्तिशाली रोगको प्रकोप एवम् महामारीको सम्भाव्यता डेंगी नामक लामखुट्टेको टोकाइबाट हुने लक्षण तिव्र गतिमा बढीरहेको छ । यो रोग डेगी लामखुट्टेबाट संक्रमित एडिज जातको लामखुट्टेको टोकाईबाट सर्दछ । रोगबाट बच्नका लागि र सुरक्षाको उपाय अपनाउन बेलैमा राज्यले हरेक स्थानीय निकायमा पहिले नै डेंगी सम्बन्धि सचेतना मुलक सूचना एवम् रोकथामका उपायबारे सुसुचित गराउन आवश्यक देखिन्छ । हाल डेंगी फैलाउने लामखुट्टेको लार्भा र प्युपा नष्ट गर्ने जैबीक किटनाशक औषधि नेपालमा भित्रिएको छ । उक्त औषधी भारतको अजय बायोटेकले निर्माण गरेको बायोडाट एम नामक जैबीक किटनाशक औषधि सफल स्वास्थ्य सेवा प्रालिले नेपाल भित्र्याइसकेको छ । यो किटनाशकलाई लार्भा भएको पानीमा हाल्दा लार्भाले त्यसलाई खाने र पचाउन खोज्दा एकप्रकारको टक्सीड निस्किएर लार्भा मर्ने विज्ञहरुले औंल्याएका छन् । रोग लाग्नु भन्दा अघि नै सुरक्षित हून विज्ञहरूले सबैलाई सल्लाह सुझाव पनि दिएका छन्।

यो किटनाशको प्रयोग गर्न विश्व स्वास्थ्य संगठनले परिक्षण गरी अनुमती दिएको छ भने , भारत सरकार र नेपाल सरकारबाट पनि स्विकृत प्राप्त गरीसकेको बताइएको छ । ‘यो मृत्यु भएका जिबहरुबाट निर्मित भएको हुँदा किटजन्य जीवलाई मात्र असर गर्ने वैज्ञानिक पुष्टि भएको हो,‘यसले अरु जीव तथा मानिसमा असर नगर्ने , यो औषधी १५ दिनको फरकमा प्रयोग गर्न सकिने , यसको प्रविधि समेत सुरक्षित रहेको उत्पादक र कम्पनीको दावी छ ।स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा.ठाकुरले नेपालमा महामारीको रुप लिने डेंगी फैलाउने स्रोत नष्ट गर्नका लागि यो विषादी प्रयोग गर्न उपयुक्त हुने बताए । त्यस्तै ,डेंगी प्रकोप निन्त्रणका लागि भिजन ट्रेड लिङ्क प्रा.लि.कलंकीले देशैभरका स्थानीय तह, विद्यालय, प्रदेश र संघिय सरकारसँग समन्वय गरेर आवश्यकता अनुसारको जैबीक किटनाशक औषधी उपलब्ध गराउने र पुर्व तयारीको लागि प्रथम चरणमा स्थानीय सरकारसँग सहकार्य गरेर अगाडि बढ्ने जानकारी गराएको छ । डेंगीको लक्षणहरू – उच्च ज्वरो आउनु, जोर्नी र मांशपेशीहरू, आँखाकोगेडी र टाउको बेस्सरी दुख्नु, शरीरमा राता बिमिराहरू आउनु, वाकवाकी लाग्नु वा वान्ता हुनु आदी हुन् ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today