जनमत पार्टीले इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ तथा बझाङको प्रदेश सभा क्षेत्र नं. १ (१) मा हुन गइरहेको निर्वाचनमा उम्मेदवारी दिने भएको छ।
सो पार्टीका राष्ट्रिय प्रवक्ता डा. शरद्सिंह यादवले सो पार्टीको केन्द्रीय सचिवालयको हालैको बैठकका निर्णयहरू सार्वजनिक गर्दै सो जानकारी दिएका हुन्।उनका अनुसार पार्टीले इलाम र बझाङमा हुन लागेको निर्वाचनमा उम्मेदवारी दिनुका साथै नयाँ बनेको सत्तागठबन्धनमा तत्कालै सहभागी नहुने र सप्तरीमा ०८० साल माघ ८ गते भएको घटनाको छानबिन गर्न बनेको समितिले दिएको प्रतिवेदनउपर छलफल गरी निर्देशित प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ।

