Type Here to Get Search Results !

सहायक वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

 


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके सब–डिभिजन वन कार्यालय राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्धेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

आयोगका प्रवक्ता नरहरि घिमिरे काठ चिरानका लागि सिफारिस गरिदिने भन्दै सेवाग्राहीसँग सात हजार घुस लिइसकेको अवस्थामा आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले पार्धेलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।

पार्धेलाई भ्रष्टाचार निवारण ऐन बमोजिमको कसुरमा बिगो सात हजार कायम गरी कैद र जरिवाना सजाय हुन मागदाबी दिई मङ्गलबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको प्रवक्ता घिमिरेले बताउनुभयो । 

यसैगरी, नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी जागिर खाएको भन्दै तनहुँस्थित बालमन्दिर माध्यमिक विद्यालयमा कार्यरत शिक्षकमाथि मुद्दा दायर गरिएको छ ।

व्यास नगरपालिकामा रहेको बालमन्दिर माध्यमिक विद्यालय मा कार्यरत शिक्षक सुनिता उपाध्याय पौडेलमाथि नक्कली प्रमाणपत्र देखाएर जागिर आएको आरोपमा मङ्गलबारै विशेष अदालत काठमाडौँमा  मुद्दा दायर गरिएको प्रवक्ता घिमिरेले बताउनुभयो ।

प्रवक्ता घिमिरेका अनुसार शिक्षक उपाध्यायको शैक्षिक योग्यताको प्रमाणपत्र छानबिन गर्न माग गर्दै अख्तियारको कार्यालयमा उजुरी निवेदन परेको थियो । सो निवेदनमागि अनुसन्धान हुँदा उपाध्यायले माध्यमिक शिक्षा परिषद्, क्षेत्रीय कार्यालय, वाराणसी भारतबाट उत्तरी गरेको हाईस्कुल तहको झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी गरी प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको हैसियतमा लाभ लिई भ्रष्टाचार निवारण ऐन बमोजिम कसुर गरेको पुष्टि भएको हो ।

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today