Type Here to Get Search Results !

कर्णाली पुल केही समयका लागि बन्द, वैकल्पिक बाटो अपनाउन आग्रह

 


सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले कर्णाली पुल केही समयका लागि बन्द गरिएकाले वैकल्पिक बाटो अपनाउन आग्रह गरेका छन्।

आज बिहान क्षतिको स्थलगत निरीक्षणपछि उनले पुलबाट तत्काल सवारीसाधन सञ्चालन नगर्न तथा वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेका हुन्। उनले टीकापुर भएर हुलाकी राजमार्ग प्रयोग गर्न सम्बद्ध सबैमा आग्रह पनि गरेका छन्।

सोमबार साँझ गुडिरहेको ट्रक पुलमाथि पुगेका वेला एक्कासी ट्रकमा आगलागी भएको थियो । सो आगो फैलिएर पुलको लठ्ठाहरुका ‘कभर’हरु जलेका थिए ।
पुलमा भएको क्षतिको जानकारी लिन काठमाडौं र बुटवलबाट सम्बन्धित निकायका अधिकारी एवं प्राविधिक टोली आउन लागेको मुख्यमन्त्रीले बताए।

पुलको मर्मतसम्भारपछि त्यहाँबाट सवारीसाधन सञ्चालन गर्ने–नगर्नेबारे बताउन सकिने मुख्यमन्त्री शाहले राससलाई बताए। पुलबाट एम्बुलेन्स सञ्चालनको अनुमति दिनुपर्नेमा स्थानीय निकायका पदाधिकारीले जोड दिएका छन्।

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today