Type Here to Get Search Results !

जनकपुरधामबाट आरती साह मृत्यु प्रकरणमा सासु रेणुदेवी पक्राउ


 जनकपुरकी आरती साह मृत्यु प्रकरणमा अनुसन्धानका लागि प्रहरीले उनकी सासु रेणु देवी साहलाई पक्राउ गरेको छ। जनकपुरधाम उपमहानगरपालिका–७ थापाचोक बस्ने ५५ वर्षीया आरतीलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए।आरतीका माइती पक्षले हत्याको आरोप लगाउँदै आएको छ। उनको हत्या मुद्दामा सासु रेणु फरार प्रतिवादी थिइन्। यसअघि प्रहरीले यही मुद्दामा आरतीका देवर रवि साहलाई पनि २३ फागुनमा पक्राउ गरेको थियो। आरतीका पति मोतिबाबु भने हाल पुर्पक्षका लागि थुनामा छन्।

जनकपुरधाम उपमहानगरपालिका–९, थापाचोककी आरती गत ७ जेठमा घरमै मृत अवस्थामा फेला परेकी थिइन्। आरतीका बाबुआमाले भने दाइजोका कारण परिवारकै सदस्यको संलग्नतामा हत्या भएको दाबी गर्दै सासु, ससुरा, श्रीमान्, देवर लगायत विरुद्ध जाहेरी दिएको थियो। सुरुमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत धनुषामा पति मोतिबाबु र ससुरा मदनमोहनमाथि कर्तव्य ज्यान मुद्दा दायर गरेको थियो।जिल्ला अदालतले उनीहरुलाई ५ असारमा पुर्पक्षका लागि थुनामा पठाएको थियो। तर जिल्ला अदालतको थुनछेक आदेश नमिलेको भन्दै उच्च अदालत जनकपुरले उनीहरुलाई तारेखमा छाड्न आदेश दिएको थियो।

आरती साहको बाबु, आमा र भाइबहिनीले काठमाडौँमा लामो समयसम्म यो घटनाको अनुसन्धान र दोषीमाथि कारबाहीको माग गर्दै आन्दोलन गर्दै आएका थिए। पछि सर्वोच्च अदालतले भने श्रीमान् मोतिबाबुलाई थुनामा राख्न र ससुरालाई धरौटीमा छाड्न आदेश दिएको थियो।रवि लामिछाने गृहमन्त्री भएपछि आन्दोलनरत साहका माइतपक्षसँग केही दिनअघि गृह मन्त्रालयले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मार्फत घटनाको पुनः अनुसन्धान गर्ने लगायत पाँच बुँदे सहमति गरेको थियो।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today