Type Here to Get Search Results !

५ लाख नगद नेपाली नाेट सहित एक जना पक्राउ

 


पर्साबाट ५ लाख नगद नेपाली नाेट सहित एक जना पक्राउ परेको छ । पक्राउ पर्नेमा भारत विहारको पूर्वी चम्पारण रक्सौल बस्ने २४ वर्षीय उमेश यादव रहेका छन ।

सशस्त्र प्रहरी उपरिक्षक किशन कर्माचार्यका अनुसार वीरगन्ज महानगरपालिका–१६ स्थित शंकराचार्य गेट नजिकै चेकजाँच गर्ने क्रममा रक्सौलतर्फबाट पैदल वीरगन्ज आइरहेका यात्रुलाई चेकजाँच गर्दा पाँच लाख रुपैयाँ बरामद भएको हो ।प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट खटिएको टोलीले मूख्य नाकामा चेकजाँच गर्दा यादवलाई नेपाली रुपैयाँ सहित नियन्त्रणमा लिएको हाे । आवश्यक कारवाहीका नगदसहित वीरगन्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीका एसपी कर्माचार्यले बताएका छन ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today