Type Here to Get Search Results !

कारले मोटरसाइकललाई ठक्कर दिँदा मालपोत अधिकृतको मृत्यु

 


भैरहवामा मोटरसाइकललाई कारले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। 

गएराति भैरहवाबाट बनगाइतर्फ गइरहेको बा २१ च ७५५३ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–०२–००१ ब ४८० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक रुपन्देहीको मझगावास्थित मालपोत कार्यालयका प्रमुख (मालपोत अधिकृत) ४२ वर्षीय तिलक बहादुर रावतको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक बजिर सिंह विष्टले जानकारी दिए। 

मृतक रावत रुकुमको मुसिकोट नगरपालिका–१ घर भइ हाल रुपन्देहीको मालपोत कार्यालयमा कार्यरत थिए। 

कार चालक लुम्बिनी सांस्कृतिक नगरपालिका–३ का ५३ वर्षीय अलाउद्दिन मुसलमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today