Type Here to Get Search Results !

मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित स्कूल बसले ठक्कर दिँदा दुई महिलाको घटनास्थलमै मृत्यू भएको छ।


जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ बिन्धीस्थित ओभर स्पीड रहेको जनकपुरस्थित एन्जल्स स्कूलको बसले ठक्कर दिँदा दुई महिलाको घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ।



आज (आईतबार) बिहान १०ः३० बजेको समयमा जनकपुरधाम–जलेश्वर सडक खण्ड अन्तर्गत बिन्धीस्थित एन्जल्स बोर्डिँग स्कूलको ओभरस्पीड बसले महिलामाथि चढेपछि दुई महिलाको मृत्यू भएको हो।
सोही दुर्घटनामा पाँच जना घाईते भएको प्रहरीले जनाएको छ । बिहेको लागि हुने मटकोर विधिको लागि माटो ल्याउन गइरहेकी महिलाहरुको समूहमाथि नै स्कूल बस चढेपछि किचिएर दुई महिलाको मृत्यू भएको हो।

सो घटनामा एक जनाको अवस्था गम्भिर रहेको बताईएको छ । मृत्यू हुनेमा अन्दाजी बर्ष ३६ की राखी देवी यादव र अन्य एक महिलाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सँचारले जनाएको हो।
घटना पश्चात स्थानियले एम्वुलेन्स बोलाएर आ आफनो हिसावले घाइतेलाई अस्पताल पुरयाएकाले एकिन भन्न सक्ने अवस्था नरहेको प्रहरीको भनाई छ।
जनकपुर– जलेश्वर सडक खण्डको बिन्धिमा प्र २–०२–००१ क ०४३१ नम्बरको एंजल्स स्कुलको बस तीव्र गतिमा चलाएपछि दुर्घटना भएको हो । दुर्घटनामा १ बच्चा सहित ५ जना महिलाहरु घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि आक्रोषितहरु बसमा तोडफोड गरेको छ । स्थिति नियन्त्रणमा राख्न प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today