Type Here to Get Search Results !

नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला शाखाको ५२ औं वार्षिक साधारण सम्पन्न भएको छ





साधारण सभाले जिल्ला शाखाका मन्त्री राममणी खनालले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष विजयराज खनालले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन पारित गरेको छ । सो अवसरमा जिल्लामा वर्ष भरी उत्कृष्ट कार्यगर्ने स्वयसेवक, जुनियर तथा युवा रेडक्रस सर्कल, उपशाखा, पत्रकारलगायतलाई सम्मान गरिएको थियो ।

शाखाका सभापति एवं केन्द्रीय सदस्य हरिप्रसाद पौडेलको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा वागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशीको प्रमुख आतिथ्यता रहेको थियो । साधारण सभामा जिल्लाका ४१ वटा उपशाखाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today