एजेन्सी – बहुप्रतिस्थित म्यानचेस्टर डर्बी, म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडको भिडन्तमा सिटीले बाजी मारेको छ । इंग्लिश प्रिमियर लिग अन्तर्गत आईतबार बेलुका सम्पन्न खेलमा सिटीले आफ्नै घरेलु मैदानमा युनाइटेड विरुद्ध ३-१ को पुनरागमन जित दर्ता गरेको हो ।
सिटीका लागि फिल फोडेनले दुई तथा एरलिङ हालान्डले एक गोल गरे ।
तर त्यसअघि खेलमा अग्रता भने युनाइटेडले लिएको थियो । खेलको आठौ मिनेटमा मार्कस र्यासफर्डले बक्स बाहिरबाट शक्तिशाली प्रहारले गोल गर्दै खेलमा युनाइटेडलाई अग्रता दिलाएका थिए ।
सिटीले भने पहिलो गोल गर्न दोस्रो हाफ कुर्नु परेको थियो । ५६औं मिनेटमा फोडेनले पनि बक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै खेलमा बराबरी गरे ।
८०औं मिनेटमा उनले नै व्यक्तिगत दोस्रो गोल गर्दै खेलमा सिटीलाई अग्रता दिलाए । जुलियन अल्भारेजको पास लिंदै बक्स भित्रबाट राम्रो फिनिश गर्दै उनले अग्रता दिलाएका थिए ।
त्यसपछि इन्ज्युरी समयको पहिलो मिनेटमा हालान्डले गोल गर्दै सिटीको जित सुनिश्चित गरे ।
जित पछि दोस्रो स्थानमा रहेको सिटीको २७ खेलमा ६२ अंक भएको छ । पहिलो स्थानमा रहेको लिभरपुलको समान २७ खेलमा ६३ अंक रहेको छ । युनाइटेड भने २७ खेलमा ४४ अंक सहित छैठौं स्थानमा छ ।
The post म्यानचेस्टर डर्बीमा सिटी विजयी first appeared on हाम्रो खेलकुद.
from हाम्रो खेलकुद https://ift.tt/oi4flV1
