मोटरसाइकल दुर्घटनामा अकालमै ज्यान गुमाएका महोत्तरी भंगहा नगरपालिका कैलाश साहको परिवारको आर्थिक सहयोग संकलन थालिएको छ । ६ जनाको परिवारको एक मात्र कमाउने शहारा ३५ वर्षीय कैलासको गत चैत ५ गते राति जनकपुर ढल्केवर सडक खण्ड अन्तर्गत धनुषाको मिथिला नगरपालिका स्थित बसाई खोलाको पुलमा मोटरसाईकल दुर्घटनामा मृत्यु भएको थियो ।
बुवा नन्टुन साह तेलीका एकल छोरा कैलासको मृत्युले परिवार समस्यामा परेका छन् । १५ धुरको घरघडेरी बाहेक सम्पतिको नाममा अन्य केही नरहेका मृतक कैलासको तीन ससाना छोराछोरी र बिरामी आमाबुबा छन् । घरको आर्थिक अवस्था निकै कमजोर रहेकाले छोराछोरीलाई पालनपोषण तथा आमाबुबाको उपचारमा समस्या हुने भएकाले आर्थिक सहयोग संकलन थालिएको हो ।भंगहा नगरपालिकाका मेयर संजिव कुमार साह आफ्नै नेतृत्वमा उनको परिवारको सहयोगका लागि आर्थिक सहयोग संकलनमा लागेका हुन्
मेयर साहको आह्वानमा सहयोगीहरुले आफूले सक्ने जति सहयोग गरिरहेका छन् । सहयोग गर्नेहरुको नामावली रकमसहित मेयर साहले आफ्नो फेसबुक फ्रोफाइलबाट सार्वजनिक गरिरहेका छन् ।
परिवारका सदस्य पूजा कुमारी साह र नुतन साह तेलीको संयुक्त नाममा कुमारी बैंकमा रहेको खाता नम्बर 0780115095900001 मा आफूले सक्ने आर्थिक सहयोग गरिदिन मेयर साहले आग्रह गरेका छन् ।

