पुर्वाधार विकाश कार्यालय सिरहाले आम उपभोक्तालाई शास्ती दिदै
March 31, 2024
0
मधेश प्रदेश सरकार मातहत रहेका सिरहा जिल्लाकाे पुर्वाधार बिकाश कार्यालयले आम उपभोक्तालाई विभिन्न बाहानामा शास्ती दिने काम गरेकाे छ।मधेश सरकारकाे विभिन्न याेजनाहरु रहेका उक्त कार्यालयमा कार्य सम्झौता, कार्य स्टीमेट,साईट चेकजाँच,कार्यआदेशकाे नाउँमा कर्मचारीहरु नै बिचाैलिया मार्फत रकम माग गरेकाे पाईएकाे छ। जुन उपभोक्ताले रकम दिन्छ पैसाकाे सेटिङ्ग मिल्छ उसकाे कार्य आदेश तुरुन्तै दिने र जाे संग पैसाकाे सेटिङ्ग मिल्दैन, पैसाे दिदैन उसलाई दिनै पिच्छे कार्यलय दाैडाउने काम गरिरहेकाे छ। पैसा नदिनेलाई याे कागजात मिलेन त्यो मिलेन भनी विभिन्न कागजात माग गरी महिनाै सम्म कार्यलय दाैडिनु पर्ने बाध्यता रहेकाे पिडित उपभोक्ताहरु बताउछन।कर्मचारी ,बिचाैलिया देखि हाकिम संग सेटिङ्ग रहेकाे कुरा बताउदै एक उपभोक्ता उक्त कार्यलयका हाकिम रामदेव खर्गा संग कुरा गर्न खाेज्दा माेवाईल स्विच अफ गरेर क्वाटर भित्र बसेका थिए।का.स.मार्फत कुरा पठाउदा साईट इन्चार्ज ज्योति साह संग कुरा गर्न भन्नू भनेर पन्छिनु भएकाे थियाे।यता साईट ईन्चार्ज साह माेवाईल अफ गरेर कार्यलयबाट ४:०० बजे नै निस्किनु भएकाे थियाे। यसरी जनता उपभोक्ता संग प्रत्यक्ष सराेकार राख्ने कार्यलयले आम उपभोक्तालाई दु:ख दिरहदा सम्बन्धित निकायहरुलाई यस्ता कार्यलयलाई अनुगमनकाे दायरामा राखि पटक पटक अनुगमन गर्नु पर्ने आवश्यकता रहेकाे हुनाले ध्यानाकर्षण गराउन चाहन्छौं ।
Tags

