Type Here to Get Search Results !

सर्लाहीबाट स्रोत नखुलेको झण्डै २८ लाख रुपैयाँसहित दुईजना पक्राउ

 


सर्लाहीबाट स्रोत नखुलेको २७ लाख ७५ हजार रुपैयाँभन्दा बढी रुपैयाँसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको मलंगवा नगरपालिका ३ का २४ वर्षीय कमर राजा र ४० वर्षीय आरिफ अन्सारी छन् ।आइतबार प्रहरीले दुवैजनाको साथबाट स्रोत नखुलेको २७ लाख ७५ हजार ९७० रुपैयाँ बरामद गरेको जनाएको छ । मलंगवा नगरपालिका ९ बाट स्रोत नखुलेको रकमसहित पक्राउ परेका दुवैजना हुण्डी कारोबारी रहेको सर्लाही प्रहरीले जनाएको छ ।


आरिफ अन्सारीले मलंगवा ९ मा फोन सिटी मोबाइल पसल सन्चालन गरेका छन् । कमर आरिफ दुवै जना माथि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सहायक सूचना अधिकारी प्रहरी निरीक्षक सविन कुमार कार्कीले बताए ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today