समाचार सुन्नुहोस :
काठमाडौँ – दरबारमार्गको एक नाइट क्लबमा काम गर्ने युवतीमाथि काठमाडौँको गोठाटारमा सामूहिक बलात्कार भएको छ । माघ २० मा दुई जना मिलेर २२ वर्षीया युवतीलाई गोठाटारस्थित एउटा होटलमा बलात्कार गरेका हुन् ।
नाइट क्लबमा कार्यरत् २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भइ गोकर्णेश्वर नगरपालिका–६ बस्दै आएका ५८ वर्षीय पदम घ्याम्चो तामाङ छन्। उनीसँगै बलात्कार गरेको भनेर जाहेरीमा उल्लेखित काभ्रे घर भएका २९ वर्षीय दिपकबहादुर श्रेष्ठ भने फरार छन् । प्रहरी वृत्त, बानेश्वरका अनुसार, उनको खोजी भइरहेको छ ।
जिल्ला अदालत काठमाडौँले पक्राउ परेका तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए । अभियुक्त तामाङ ट्याक्सी चालक हुन् ।
The post नाइट क्लबमा काम गर्ने युवती बलात्कृत, ट्याक्सी चालक पक्राउ appeared first on Samudrapari.com.
from Samudrapari.com https://ift.tt/XjvH4wz
