काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली महिला टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बा र डिफेन्डर सम्मिलित सेथु मदुराइ एफसीले भारतीय महिला लिगमा ठुलो अन्तरको हार बेहोरेको छ । सेथुले ओडिशा एफसी विरुद्ध ४-० को फराकिलो हार बेहोरेको छ ।
ओडिशाको जितमा प्यारी छाछाले दुई गोल गरिन् भने विन थेइएन्गी तुन र इन्दुमथी काथीरेसनले समान एक-एक गोल गरिन् ।
खेलमा एन्जिलाले पुरै ९० मिनेट मैदानमै बिताइन् भने गीता ८४ मिनेटमा मैदान बाहिरिएकी थिइन् । एन्जिला र गिता नेपाली टोलीमा सम्मिलित भएर साउदी अरेबियाबाट सिधै भारत प्रस्थान गरेका थिए । नेपाली टोली भने हिजो राती नेपाल आइपुगेको थियो ।
आमन्त्रित टोली नेपालले वाफ च्याम्पियनसिपमा उपविजेतामा सिमित भएको थियो । नेपाल फाइनलमा जोर्डन विरुद्ध पेनाल्टी शूटआउटमा पराजित भएको थियो ।
सेथु ९ खेलमा ३ जित, १ बराबरी ५ हार सहित १० अंक बटुल्दै पाचौ स्थानमा छ । ओडिशा भने ९ खेलमा ७ जित, १ बराबरी र १ हार सहित २२ अंक बटुल्दै शीर्ष स्थानमा छ ।
सेथुले अर्को खेलमा स्पोर्ट्स ओडिशा विरुद्ध मार्च ९ मा खेल्नेछ ।
The post एन्जिला र गिता सम्मिलित सेथुको लज्जास्पद हार first appeared on हाम्रो खेलकुद.
from हाम्रो खेलकुद https://ift.tt/nZVsATF
