Type Here to Get Search Results !

पिएसजी र मोनाकोको बराबरी

एजेन्सी – उपाधि होडमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) र मोनाकोले फ्रेन्च लिग वानमा बराबरी खेल्दै अंक बाँडेका छन् । पिएसजी र मोनाकोले गोलरहित बराबरी खेलेका हुन् ।

मोनाकोमा शुक्रबार राति भएको खेलमा पाहुना टोली पिएसजीले बल पोसेसन राख्दै दवाव बढाएपनि गोल गर्न नसक्दा बराबरीमा रोकिन पुग्यो ।

पिएसजीका प्रशिक्षक लुइस एनरिकले पिएसजी छाड्ने चर्चामा रहेका कप्तान केलियन एमबाप्पेलाई पहिलो हाफसम्म मात्रै मैदानमा उतारेको थियो ।

यस बराबरीले शीर्षस्थानमा रहेको पिएसजीको २४ खेलबाट ५५ अंक पुगेको छ । मोनाकोले भने दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । तेस्रो स्थानमा रहेको मोनाकोको २४ खेलबाट ४२ अंक छ । एक खेल कम खेलेको ब्रेस्ट ४३ अंकसहित तेस्रो स्थानमा छ ।

The post पिएसजी र मोनाकोको बराबरी first appeared on हाम्रो खेलकुद.



from हाम्रो खेलकुद https://ift.tt/hEHXveu

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today