समाचार सुन्नुहोस :
काठमाडौँ – प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्नेछ। आजको बैठकमा संघीय संसद सचिवालयले तय गरेको सम्भावित कार्यसूचीअनुसार नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संघीय निजामती सेवा विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि जनाएको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।
यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधेयक, २०८० र निर्माणमुखी सामाग्री(व्यवस्थापन तथा नियमन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
आजकै बैठकमा आर्थिक वर्ष २०८१/२०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ।

The post प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची appeared first on Samudrapari.com.
from Samudrapari.com https://ift.tt/7d2gv9U
