Type Here to Get Search Results !

माओवादी स्थायी समिति बैठक भोलीका लागि सर्‍यो

समाचार सुन्नुहोस : 

काठमाडौँ – आज बस्ने भनिएको माओवादी केन्द्रको स्थायी समिति बैठक पुनः सरेको छ । गत फागुन २८ गते बोलाइएको बैठक विकसित राजनीतिक घटनाक्रमका कारण आजका लागि तय गरिएको थियो ।

तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्य व्यस्तताका कारण बैठक भोलिका लागि सारिएको हो । अब सो बैठक भोलि पेरिसडाँडा कोटेश्वरस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्नेछ ।

सो स्थायी समिति बैठकमा विधान अधिवेशनबाट अनुमोदन विधान, पदाधिकारी र केन्द्रीय नेताहरूको कार्य विभाजन, अब हुने पार्टीको अभियानको तयारी, विकसित राजनीति घटनाक्रम लगायत एजेन्डामा छलफल गरिने भनिएको छ ।

The post माओवादी स्थायी समिति बैठक भोलीका लागि सर्‍यो appeared first on Samudrapari.com.



from Samudrapari.com https://ift.tt/2v5UifR

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today