Type Here to Get Search Results !

नेपाल टेलिकमको टावरमा कुकर बम विस्फोट

 

सिन्धुली - सिन्धुलीमा रहेको नेपाल टेलिकमको टावरमा कुकर बम विस्फोट भएको छ । शुक्रबार बिहान सिन्धुलीको सुनकोसी गाउँपालिका- १ दुम्जामा रहेको उक्त टावरमा कुकर बम विस्फट भएको हो ।

विस्फोटका कारण नेपाल टेलिकमको टावर रहेको कम्पाउन्डभित्रको घरमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ ।

आज बिहान ३ बजेतिर विस्फोटको आवाज आएपछि स्थानीले प्रहरीलाई जानकारी गराएका थिए । त्यसबारेमा अनुसन्धान गर्दा कुकर बम विस्फोट भएको प्रहरीले जानकारी दिएको छ ।

विस्फोट गराउने समूहको बारेमा यकिन जानकारी भने नभइसकेको प्रहरीले जनाएको छ । यसबारेमा अनुसन्धान भइरहेको र उक्त स्थानमा जनमुक्ति सेना लेखिएको पर्चा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today