Type Here to Get Search Results !

बागमती प्रदेश सभा बैठक बस्दै, यस्तो छ आजकाे कार्यसूची

 


बागमती प्रदेश सभाको हिउँदे अधिवेशनको चौथो बैठक आज दिउँसो ३ बजे बस्दै छ।

आजको बैठकमा प्रदेश सरकारको कार्यभार सम्बन्धमा प्रदेश प्रमुख कार्यालय हेटौँडाबाट प्राप्त पत्र वाचन गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालय हेटौँडाले जनाएको छ।दिउँसो बसेको कार्यव्यवस्था समितिको बैठकले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त कार्यभार तोकिएसम्बन्धी पत्र वाचन हुने कार्यसूची निर्धारण गरेको हो।

यस्तै समितिको बैठकले संसदीय विशेष समितिको प्रतिवेदन पेस गर्ने, विधेयकको दफावार छलफलका लागि समितिमा पठाउने कार्यसूची निर्धारण गरेको छ भने सांसदहरूको आसनको विषयमा पनि सदनमा छलफल हुनेछ।सचिवालयका अनुसार मंगलबारको बैठकमा आर्थिक वर्ष ०८०/८१ को बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समितिको प्रतिवेदन पेस हुनेछ भने मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश हस्तकलाग्रामको स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० दफावार छलफलका लागि उद्योग, पर्यटन तथा वातावरण समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गर्नेछन्।

विविध शीर्षकअन्तर्गत सत्तासकीरण परिवर्तपछि संसदमा दलबाट प्रतिनिधित्व गर्ने सांसदहरूको आसन व्यवस्था मिलाउने कार्यसूची रहेको सचिवालयले जनाएको छ।
 

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today