Type Here to Get Search Results !

डर्टमन्ड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी- जर्मन क्लब बोरुसिया डर्टमन्ड युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। 

अन्तिम १६ को दोस्रो लेगमा बुधबार पिएसभी आइन्डओभनलाई २-० ले हराएपछि समग्रमा ३-१ ले अग्रतासहित डर्टमन्ड अन्तिम ८ मा पुगेको हो । पहिलो लेग १-१ को बराबरी टुंगिएको थियो।

घरेलु मैदानमा डर्टमन्डलाई जित दिलाउन जाडोन सान्चो र मार्को रिउसले गोल गरेका थिए।  खेलको तेस्रो मिनेटमै सान्चोले गोल गर्दै टोलीलाई‌ सुरुवाती अग्रता दिलाएका थिए। रिउसले इन्ज्युरी समयमा गोल गर्दै जित निश्चित गरे ।

च्याम्पियन्स लिगको क्वाटरफाइनल समिकरण पूरा भएको छ। अन्तिम ८ पुग्नेमा ३ स्पेनिस टोली रियल मड्रिड, बार्सिलोना र एट्लेटिको मड्रिड, प्रिमियर लिगका म्यान्चेस्टर सिटी र अर्सनल, बुन्डेसलिगाका २ टोली बायर्न म्युनिख र डर्टमन्ड भने फ्रान्सेली टोली पेरिस सेन्ट जर्मेन छन् ।

The post डर्टमन्ड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा first appeared on हाम्रो खेलकुद.



from हाम्रो खेलकुद https://ift.tt/b60c1G4

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today