Type Here to Get Search Results !

लिभरपुल र टोटेनहम विजयी

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत शनिबार साँझ भएका खेलमा लिभरपुल र चेल्सी विजयी भएका छन् । लिभरपुलले नोटिंघम फरेस्टलाई हराउँदा टोटेनहमले क्रिस्टल प्यालेस विरुद्ध जित निकालेको हो ।

लिभरपुलले फरेस्ट विरुद्ध १-० को नाटकीय जित निकालेको हो । इन्ज्युरी समयको नवौं मिनेटमा एलेक्सिस म्याक यालिस्टरको क्रसमा सुन्दर हेडर प्रहार गर्दै डार्विन नुनेजले लिभरपुलका लागि नाटकीय जित दर्ता गरे ।

जित सँगै लिभरपुलले शीर्ष स्थानमा अंक दूरी बढाएको छ । लिभरपुलको २७ खेलमा ६३ अंक रहेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २६ खेलमा ५९ अंक रहेको छ ।

उता टोटेनहमले भने क्रिस्टल प्यालेस विरुद्ध ३-१ को जित निकाल्यो । १-० ले पछि परेको अवस्थामा टोटेनहमले १२ मिनेटको अन्तरालमा तीन गोल गर्यो ।

क्रिस्टल प्यालेसका लागि एबेरिचे एजेले फ्रिकिक मार्फत गोल गर्दै ५९औं मिनेटमा अग्रता दिलाएका थिए । ७७औं मिनेटमा स्पर्सका लागि टिमो वेर्नरले बराबरी गोल गरे । यस्तै ८०औं र ८८औं मिनेटमा क्रिस्टियन रोमेरो र सन ह्युङ-मिनले गोल गर्दै टोटेनहमलाई जित दिलाए ।

जित पछि टोटेनहम २६ खेलमा ५० अंक सहित पाँचौं स्थानमा यथावत छ । प्यालेस भने २७ खेलमा २८ अंक सहित १४औं स्थानमा छ ।

The post लिभरपुल र टोटेनहम विजयी first appeared on हाम्रो खेलकुद.



from हाम्रो खेलकुद https://ift.tt/eVjrag6

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today