Type Here to Get Search Results !

बायर्न बराबरीमा रोकियो

एजेन्सी – उपाधि दावेदार बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा अर्काे बराबरी खेलेको छ । पछि परेको स्थिति उल्ट्याएर जितनजिक पुगेको बायर्न अन्तिम समयमा सम्हालिन नसक्दा घरेलु टोली फ्रेइवर्गसँग २–२ गोलको बराबरीमा रोकिन पुगेको हो ।

फ्रेइवर्गमा शुक्रबार राति भएको खेलमा घरेलु टोलीका क्रिष्टियन गन्टर र लुकास होलेरले गोल गरे । बायर्नका म्याथिज टेल र जमल मुसिएलाले गोल फर्काए ।

खेलको १२औं मिनेटमा निकोलस होफ्लेरको पासमा गन्टरले गोल गर्दै फ्रेइवर्गलाई १–० को अग्रता दिलाए । ३५औं मिनेटमा म्याथिज टेलले गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए ।

७५औं मिनेटमा जमल मुसिएलाले गोल गर्दै बायर्नलाई २–१ को अग्रता दिलाए । उनले मिन जाइ किमको पासलाई सदुपयोग गरेका थिए । जिततर्फ उन्मुख बायर्न अन्तिम तीन मिनेट सम्हालिन नसक्दा बराबरीमा रोकिन पुग्यो । ८७औं मिनेटमा लुकासले गोल गर्दै बायर्नलाई जितबाट बञ्चित गराए ।

यस बराबरीले बायर्नको उपाधि यात्रामा थप धक्का लागेको छ । एक खेल बढी खेलेको बायर्न शीर्षस्थानको बायर लिभरकुसनसँग ७ अंकले पछि परिसकेको छ ।

बायर्नको २४ खेलबाट ५४ अंक छ । एक खेल कम खेलेको शीर्षस्थानको बायर लिभरकुसनको २३ खेलबाट ६१ अंक छ । बायर्नलाई रोकेको फ्रेइवर्ग ३० अंक जोडेर नवौं स्थानमा छ ।

The post बायर्न बराबरीमा रोकियो first appeared on हाम्रो खेलकुद.



from हाम्रो खेलकुद https://ift.tt/DUayKOi

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today