Type Here to Get Search Results !

विवादकाबीच एन्फा साधारण सभा बस्दै

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रिय समितिको अधिकांश निर्णय विवादित हुने गरेका छन् । एन्फाको आजका लागि तय नियमित साधारण सभा पनि विवादमा पर्ने देखिएको छ ।

साधारण सभाका लागि तय भएको विषय सुचीमा नै केन्द्रिय समितिका १० जनाले असहमति जनाएका छन् । फागुन ३ देखि ६ गते सम्म ४ दिन बसेर भएको निर्णय भन्दा बाहिर गएर साधारण सभा सभाको विषय सुची तयार भएको भन्दै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालगायत १० जनाले असहमति जनाएका हुन् ।

एन्फामा निवेदन दर्ता गर्दा गर्दै एन्फा महासचिव किरण राईले आफूहरुको उपस्थितिको दुरुपयोग गरेको आरोप उनीहरुले लगाएका छन् । एन्फाको पछिल्लो बैठकले साधारण सभामा पेश गर्नका लागि ६ वटा एजेण्डामा मात्र निर्णय गरेको थियो ।

गत आर्थिक वर्षको लेखा परिक्षण प्रतिवेदन बैठकमा छलफल भएको तर सम्पूर्ण कैफियतको निराकरण नभएसम्म पास नगर्ने भनिएपनि प्रतिवेदनलाई जस्ताको त्यस्तै पेश गर्ने तयारी भएकोमा उनीहरुले आपत्ती गरेका छन् ।

उनीहरुले प्रतिवेदनलाई सोही रुपमा पेश गर्ने भए लेखा परिक्षकले प्रस्तुत गरेको म्यानेजमेन्ट लेटर साधारण सभाका सम्पूर्ण सदस्यलाई लेखा परिक्षण प्रतिवेदन संगै वितरण गरिनुपर्ने र लेखा परिक्षण प्रतिवेदनको सम्पूर्ण जिम्मेवारी अध्यक्ष, महासचिव र कोषाध्यक्षले लिनुपर्ने माग गरेका छन् ।

संघको आर्थिक नियमावली र आर्थिक कार्यविधि संशोधन प्रस्ताव कार्यसमिति बैठकमा आर्थिक समिति गठन पश्चात सो समितिले दिएको सुझावको आधारमा कार्यसमितिमा छलफल गर्ने सहमती बनेको उल्लेख गर्दै उनीहरुले कार्यसमितिबाट पारित नभएको बताएका छन् ।

फाइनल तस्बिर

कार्यसमितिका वरिष्ठ उपाध्यक्ष खड्कासहित उपाध्यक्षद्धय दीर्घ बहादुर केसी (कुमार), विराटजंग शाही र सदस्यहरु, पेमा डोल्मा लामा, रमेश ब्यञ्जनकार, अनिल मल्ल, भोजराज शाही, रविन्द्र चन्द, मनिष जोशी, रुपेश अधिकारीले आफूहरुको उपस्थिती दुरुपयोग भएको भन्दै साधारण सभा अगावै निर्णय पुस्तिका उपलब्ध गराउन माग गरेका छन् ।

एन्फा कार्यसमितिको निर्णय

फागुन ७ गते एन्फा प्रवक्ता सुरेश शाहले जारी गरेको विज्ञप्तीमा कार्यसमितिका ६ निर्णय सार्वजनिक गरेका थिए ।
बैठकले फागुन १४ गते हुने साधारणसभाको अनुमानित बजेट ४६ लाख ४२ हजार ४ सय ६० रुपैयाँ पारित गरेको बताइएको थियो ।

त्यस्तै २०२४ को वार्षिक अन्तराष्ट्रिय खेल तालिका, एन्फाको आर्थिक नियमावली र कार्य विधि कार्य समितिको परिमार्जनको सुझाव सहितको प्रस्ताव, आर्थिक वर्ष २०७९÷०८० को लेखा परिक्षण प्रतिवेदन पारित गरि तथा एन्फाको स्वतन्त्र समिति मध्ये लेखा परिक्षण तथा अनुपालन समितिको विषयमा वर्तमान समितिलाई नै आगामी वर्षको लागि जिम्मेवारी प्रदान गर्ने प्रस्ताव नियमति साधारणसभामा निर्णायार्थ पेश गर्ने कार्यसमितिले निर्णय गरेको जनाएको थियो ।

त्यस्तै आ.व. २०८०/०८१ को वार्षिक बजेट तथा कार्यक्रम संशोधन सहितको प्रस्ताव नियमित साधारणसभामा निर्णाययार्थ पेश हुनेभएको विज्ञप्तीमा उल्लेख थियो ।

त्यस्तै आ.व. २०८१/०८२ को बार्षिक कार्यक्रम तथा बजेट निर्माणको लागि कार्यकारी समितिको प्रस्तावमा ५ सदस्यीय वजेट तथा कार्यकम निर्माण तथा सहयोग समिति गठन भएको छ । समिति गठनमा भने विवाद भएको थियो।

अध्यक्ष नेम्बाङले वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा सबै ४ जना उपाध्यक्ष रहनेगरि समिति गठनको प्रस्ताव गरेका थिए। त्यसमा सहमति हुन सकेन।

लागु औषध खैरो हिरोइनको कारोबारमा अदालतबाट दोषी रहेको र सजाय भुक्तान नगरी फरार रहेको पाइएको समाचार सार्वजनिक भएयता उपाध्यक्ष दावा लामा फुटबलका गतिविधिमा संलग्न छैनन् । बैठकमा पनि उनी उपस्थित भएनन् । उनलाई समिति मा राख्न नमिल्ने अडान बहुमतले राखेपछि उनी विना समिति गठन भएको थियो।

समितिको संयोजकमा वरिष्ठ उपाध्यक्ष खड्का, सह–संयोजकना उपाध्यक्ष दिपक खतिवडा सदस्यमा उपाध्यक्षद्वय विराट जंग शाही, दिर्घ वहादुर के.सी. (कुमार) र सदस्य रविन्द्र चन्द रहेका छन् ।

The post विवादकाबीच एन्फा साधारण सभा बस्दै first appeared on हाम्रो खेलकुद.



from हाम्रो खेलकुद https://ift.tt/64MaChT

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today