टोकियो – किरात याक्थुङ चुम्लुङ जापानको अध्यक्षमा मन कुमार तुम्सा निर्वाचित भएका छन् । आइतबार काठमाण्डु चन्च एण्ड बार ओकुबो टोकियोमा सम्पन्न छैटौँ महाधिवेशनबाट तुम्सा निर्वाचित भएका हुन् ।
किरात याक्थुङ चुम्लुङको वरिष्ठ उपाध्यक्षमा बाल विक्रम तिगेला, महिला उपाध्यक्षमा रेखा तुम्बाहाङ्फे, उपाध्यक्षमा दुर्गा नेम्बाङ् निर्वाचित भएका छन् । महासचिवमा सिसाम् ‘याक्थुङ्’ मादेम्बा, उपमहासचिवमा सुजन आङबो, सचिवमा लोकेन नेयोङहाङ्, महिला सचिवमा डम्बर कुमारी योङ्हाङ्, कोषाध्यक्षमा कल्पना चेम्जोङ् र सहकोषाध्यक्षमा लासेमी केरुङ् निर्वाचित भएका छन् ।
अधिवेशनले सुजन मादेन लिम्बू, बाल किशोर चेम्जोङ्, विष्ण् कुमार आङ्देम्बे, उषा कन्दङ्वा, केसिका लिम्बुखिम, निशाम आङ्देम्बे, कविन्द्र सम्बाहाम्फे, साकिला आङ्देम्बे, इक्सा सम्बाहाम्फे, पूर्णिमा जबेगु, अञ्जना लिङखिम्, दिपक ईङ्नाम्, भूमिका चेम्जोङ्, तान्छोहाङ नेम्बाङ र यक्तुहाङ्सा येक्तेनलाई सदस्यमा निर्वाचित गरेको छ ।
The post किरात याक्थुङ चुम्लुङ जापानको अध्यक्षमा मन कुमार तुम्सा निर्वाचित appeared first on Samudrapari.com.
from Samudrapari.com https://ift.tt/NbqUWEg
