Type Here to Get Search Results !

मोड्रिचको गोलमा रियलको जित

एजेन्सी – रियल म्याड्रिडले स्पेनिस ला लिगामा आइतबारको खेल जितेको छ । लुका मोड्रिचको निर्णायक गोलमा रियल सेभियालाई १–० ले पराजित गरेको हो ।

निर्धारित समय सकिन ९ मिनेट बाँकी रहँदा मोड्रिचले गोल गरेका थिए । घरेलु मैदानमा भएको खेलको १० औं मिनेटमा लुकास भाज्क्वेजको गोलले मान्यता नपाएपछि रियलले गोलका लागि संघर्ष गर्नुपरेको थियो । भाज्क्वेजको गोललाई भिडियो असिस्टेन्ट रेफ्रीले अमान्य गरेको थियो ।

शीर्षस्थानको रियलको दोस्रो स्थानको बार्सिलोनाको भन्दा ८ अंक बढी छ । रियलले २६ खेलमा ६५ अंक जोडेको छ । दोस्रो स्थानको बार्सिलोनाको समान खेलबाट ५७ अंक छ । एक खेल कम खेलेको तेस्रो स्थानको जिरोनाको ५६ अंक छ । सेभिया २४ अंकसहित १५औं स्थानमा छ ।

The post मोड्रिचको गोलमा रियलको जित first appeared on हाम्रो खेलकुद.



from हाम्रो खेलकुद https://ift.tt/byXovH5

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today