Type Here to Get Search Results !

महोत्तरीमा सरकारी वा सार्वजनिक जग्गा खाली गराउन निर्देशन

 


जिल्ला प्रशासन कार्यालय महोत्तरीले सरकारी वा सार्वजानिक जग्गा खाली गर्न सम्पुर्व जिल्लावासीलाइ निर्देशन दिएको छ । आइतबार जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै सरकारी तथा सार्वजनिक जग्गा भोगचलन गरिरहेको भएमा खाली गर्न निर्देशन दिएको हो ।

सार्वजनिक जग्गा निजि रुपमा कायम गरि दुरुपयोग गर्ने गराउने , विक्री वितरण गर्ने गराउने , धितो बन्धक  राख्ने गरेको  गराएको जानकारी भएमा कानुन बमोजिम कारवाही गरिने सूचना उल्लेख गरिएको छ । कार्यालयले १० दिन भित्रमा निजि स्वामित्वको लागि प्रयोग गरेको वा गराएको सार्वजनिक जग्गा खाली गराउने बारेमा निवेदन परिपत्र गरेको छ ।

जिल्लाभरि  निजि हकमा दर्ता रही भोग चलनमा रहेको बाहेक सरकारी वा सार्वजानिक जग्गा अतिक्रमण गरि भोग चलन गरेको अथवा आफ्नो निजि उद्देश्यले अतिक्रमण गरि घर बनाएको खण्डमा जिल्ला प्रशासन कार्यालय महोत्तरीले त्यस्तो जग्गा खाली गराउने निर्देशन दिएको हो ।

सार्वजानिक जग्गा आफ्नो स्वामित्वमा गरि आफ्नो निजि प्रयोजनको लागि प्रयोग गरेको व्यक्तिमाथि उजुरी आएमा अनुसन्धान गरि मालपोतबाट सहि प्रमाण प्रमाणित गरि खालि गराउने उद्देश्य रहेको जिल्ला प्रशासन कार्यालय महोत्तरीका सहायक प्रमुख उपेन्द्र न्यौपाने जानकारी दिए । उनले जिल्लाभरि सार्वजानिक जग्गा ,ऐलानी, पर्ती ,मठ मन्दिरका जग्गा अतिक्रमण गरेको व्यक्तिमाथि १० दिनभित्र जिल्ला प्रशासन महोत्तरीको कार्यालयमा जानकारी गराउन जनसमुदाय तथा सम्बन्धित निकायलाइ अनुरोध समेत गरेका छन् ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today