एजेन्सी- बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा बराबरी रोकिएको छ। बुधबार बार्सिलोना र नेपोलीले १–१ को बराबरी खेलेका हुन् ।
नेपल्समा भएको खेलमा बार्सिलोनाले रोबर्ट लेवान्डोस्कीको गोलमा ७० औं अग्रता लिएको थियो । त्यसपछि ५ मिनेटपछि नेपोलीका लागि भिक्टर ओसिमहेनले बराबरी गोल फर्काएका थिए ।
अर्को अन्तिम १६ को पहिलो पोर्टोले आर्सनललाई १-० ले हराएको हो । इन्ज्युरी समयको चौथो मिनेटमा गालेन्कोले गोल गरेपछि पोर्टोको जित सम्भाव भएको हो ।

अन्तिम समयमा सम्हालिन नसक्दा आर्सनलले हार बेहोरेको छ। बराबरीतर्फ उन्मुख खेलमा ब्राजिलियन खेलाडीले उत्कृष्ट गोल गरेका हुन् ।
खेलमा दबाब आर्सनल बनाएपनि गोल निकाल्न सकेन । अघिल्लो चरणका प्रवेशका लागि आर्सनलले घरेलु मैदानमा हुने दोस्रो लेगमा नतिजा उल्टाउँनु पर्ने हुन्छ ।
The post बार्सिलोना बराबरीमा रोकियो first appeared on हाम्रो खेलकुद.
from हाम्रो खेलकुद https://ift.tt/dXMuc4v
