एजेन्सी- इंग्लिस प्रिमियर लिग टोली आर्सनल च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा पराजित भएको छ।
बुधबार पोर्टोले आर्सनललाई १-० ले हराएको हो ।इन्ज्युरी समयको चौथो मिनेटमा गालेनोले गोल गरेपछि पोर्टोको जित सम्भाव भएको हो ।
अन्तिम समयमा सम्हालिन नसक्दा आर्सनलले हार बेहोरेको छ। बराबरीतर्फ उन्मुख खेलमा ब्राजिलियन खेलाडीले उत्कृष्ट गोल गरेका हुन् । खेलमा दबाब आर्सनल बनाएपनि गोल निकाल्न सकेन ।
अघिल्लो चरणका प्रवेशका लागि आर्सनलले घरेलु मैदानमा हुने दोस्रो लेगमा नतिजा उल्टाउँनु पर्ने हुन्छ ।
अर्को खेलमा नेपोली र बार्सिलोनाले १–१ को बराबरी खेलेका छन्।
The post पोर्टोसँग आर्सनलको हार first appeared on हाम्रो खेलकुद.
from हाम्रो खेलकुद https://ift.tt/axptNdH
